Nepal Life

बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीलाई मनकामना स्मार्ट लघुवित्तको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Jun 02 08:30
बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीलाई मनकामना स्मार्ट लघुवित्तको आग्रह
National Life

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीलाई आग्रह गरेको छ ।

Shikhar
NIMB

संस्थाले आइतबार सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरूलाई आग्रह गरेको हो ।

साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त एक आपसमा कर्ज भई मनकामना स्मार्ट लघुवित्तको नामबाट एकीकृत कारोबार भएको २०७७ साउन ११ गतेपश्चात सेयर खरिद गरेका वा प्राथमिक सेयर निष्कासन बाँडफाँटमा परि हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरूको हकमा सो सेयरमा करबापतको रकम तिर्न आग्रह गरेको हो ।

संस्थाका अनुसार करबापतको रकम जममा गरेपछि मात्रै बोनस सेयर हितग्राही खातामा जम्मा गरिने छ ।

२०७८ पुस १९ गते सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित १७ प्रतिशत बोनस सेयर पारित गरेको थियो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको एनएमबी बैंक लिमिटेडको खातामा रकम जम्मा गर्नुपर्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया