NIMB Header 2
Nepal Life

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

National Life
  • BFIS News
  • 2024 Jun 02 09:35
स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ
Sanima Reliance

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ ।

Shikhar
NIMB

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हरिनगर–५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ । उक्त रकम हुन्डी कारोबारको भएको आशङ्का गरिएको छ ।  बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया