Nepal Life

नेपाल लाइफको २१ प्रतिशत लाभांश घोषणा, शेयरधनीले एक अर्ब ७२ करोड हात पार्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sun 13:14
नेपाल लाइफको २१ प्रतिशत लाभांश घोषणा, शेयरधनीले एक अर्ब ७२ करोड हात पार्ने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

NIMB

कम्पनीले करसहित २१.०५ प्रतिशत लाभांश अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। यस भन्दा अगाडी कम्पनीले १५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कम्पनीले प्रतिशेयर बढाउने र वित्तीय सूचक राम्रो बनाउने रणनीति बनाएको छ । 

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै चुक्ता पूँजी बनाउन सफल नेपाल लाइफले विगत तीन आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण नगरि चुक्ता पूँजी स्थिर राखेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सरकारले कायम गरेको भुत प्रभाववी कानुन अनुरुप एफपिओमा कर तिर्यो । यस वर्ष भने एक अर्ब ७२ करोडको मुनाफा वितरण गरेको हो । यो रकमका हिसावले सबैभन्दा धेरै हो । तर पूँजी धेरै माथि रहेकाले प्रतिशत कम देखिएको हो । नेपाल लाइफले आगामी आर्थिक वर्षमा लाभांश दर बढाउन पनि विगत तीन वर्षको अवधिमा बोनस शेयर वितरण गरेन । यसको प्रभाव आगामी दिनको शेयर बजारमा पर्ने निश्चित छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया