बंगलादेशी लगानीकर्ताले नबिल बैंकमा रहेको स्वमित्व नबेच्ने, सेयर किनबेच प्रक्रिया स्थगन

  • BFIS News
  • 2024 Jun Sun 14:42
बंगलादेशी लगानीकर्ताले नबिल बैंकमा रहेको स्वमित्व नबेच्ने, सेयर किनबेच प्रक्रिया स्थगन

काठमाडौं । तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकमा कायम सेयर नबेच्ने भएको छ । नबिल बैंकले एनबी बैंक प्राप्ति गरेपछि आईएफआईसीले आफ्नो स्वामित्व विक्री गर्ने गरी नेपाल राष्ट्र बैंकमा निवेदन दिएकामा बंगलादेशी बैंकले विक्रीको निवेदन फिर्ता लिएको हो ।

नबिल बैंकले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जलाई बैंकको हाल कायम विदेशी लगानीकर्ता आईएफआर्यसी बैंकको नाममा रहेको संस्थापक सेयर खरिद/बिक्रीको प्रक्रिया स्थगन भएको जानकारी गराएको छ । नबिलमा आईएफआईसीको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता र सोबाट आर्जित बोनस सेयर कायम छ ।

सबै सेयर बेच्न २०७९ साल मंसिर १५ गते बैंकले संस्थापक सेयर बिक्री सम्बन्धी सूचना निकालेको थियो । सूचना अनुसार सेयर किन्न प्राप्त आवेदनअनुसार नेपाल राष्ट्र बैंकबाट स्विकृति लिने कामकारवाही अगाडि बढाइएको थियो । तर, आईएफआईसीले सेयर बिक्री नगरी नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी बिक्रीको निवेदन फिर्ता लिएको छ भने खरिदको प्रस्ताव पेश गर्ने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई सेयर खरिद बिक्रीको प्रक्रियाबाट बाहिरिएको व्यहोरा जानकारी बैंकको सञ्चालक समितिको वैठकमा जानकारी गराएका छन् ।

बंगलादेशी बैंकको नाममा कायम स्वामित्व खर्बपति बिनोद चौधरीकी पत्नी सारिका चौधारीले खरिद गर्ने सम्झौता भएपछि २ वर्ष अघि नबिलले एनबीलाई प्राप्ति गरेको थियो । प्राप्तिपछि एनबीमा १०० कित्ता सेयर हुने सेयरधनीको नयाँ बैंकको ४३ कित्ता कायम भएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार