नेपाली बजारमा भित्रियो सिट्रोनको इ-सी ३, यस्ता छन् विशेषता

  • BFIS News
  • 2024 Jun Sun 17:23
नेपाली बजारमा भित्रियो सिट्रोनको इ-सी ३, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा सिट्रोनको इ-सी ३ साइन सार्वजनिक भएको छ।

नेपालको लागि फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आइतबार विद्युतीय एसयुभी इ–सी ३ साइन सार्वजनिक गरेको हो।

इ-सी ३ साइनमा रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विल, र विद्युतीय ओआरभीएम जस्ता नयाँ सुविधाहरू दिइएको छ।

यसमा ४२ किलोवाटको मोटर र २९.२ किलोवाट आवरको ब्याट्री क्षमता दिइएको छ। जम्मा एक घण्टामा गाडीलाई डिसी चार्जरमार्फत १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

यो एसयुभीमा २,५४० एमएमको ह्विलबेस दिइएको छ भने टप स्पिड १०७ किलोमिटर हुने कम्पनीको भनाइ छ।

गाडीको अगाडि र पछाडि १५ इन्चको टायर दिइएको छ भने अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ। यसको ग्राउन्ड क्लेरेन्स १७० एमएम छ।

पाँच सिटर नयाँ सिट्रो इ–सी ३ साइनमा  सुरक्षाको लागि एयरब्याग, इबिडी, एबिएस ब्रेकिङ सुविधा दिइएको छ।

आइतबार सार्वजनिक इ–सी ३ साइनको सुरुआती मूल्य ३५ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया