NIMB Header 2
Nepal Life

इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई ट्रिप जित्ने मौका

Citizen Life
  • BFIS News
  • 2024 Jun 02 18:12
इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई ट्रिप जित्ने मौका
National Life

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा प्रयोककर्ताहरुको लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ, जसमा एक भाग्यशालि विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउनेछन्।

NIMB

जेष्ठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरुमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरुले हरेक हप्ता आकर्षक उपहारहरु पाउनेछन्। हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौँमा १ दिन २ रातको लागि व्याकेज पाउनेछन भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्नेछन र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् । यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरुको प्रिमियम तिर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन् ।

यस योजनाको बारेमा इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका भनाई अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढि रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो। यस अन्तर्गत प्रयोगकर्ताहरुले इसेवा मार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरुमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।

इसेवा लि सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन्।

हाल इसेवामा ८० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु, २ लाख ५० हजार भन्दा बढि एजेन्टस्, ४९ बैंकहरु, ४५ लघुवित्तहरु, तथा ३ लाख ५० हजार भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया