सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

  • BFIS News
  • 2024 Jun Mon 08:53
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २८ दिने, ९१ दिने, १८२ दिने र १ वर्षे अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

ट्रेजरी बिल जेठ २१ गते अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।

कार्यालयले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र १ वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार