NIMB Header 2
Nepal Life

एनएलजी इन्स्योरेन्सद्वारा बोनस सेयर डिम्याट खातामा जम्मा

National Life
  • BFIS News
  • 2024 Jun 03 09:01
एनएलजी इन्स्योरेन्सद्वारा बोनस सेयर डिम्याट खातामा जम्मा
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुको बोनस सेयर डिम्याट खातामा जम्मा गरेको छ। गत फागुन ३ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले पारित गरेको ५ दशमलव ५० प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीको डिम्याट खातामा जम्मा गरेको कम्पनीले जनाएको हो।

Shikhar
NIMB

कम्पनीले सूचना जारी गर्दै माघ २४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गराएको जनाएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले सेयर अभौतिकीकरण गराएपछि मात्रै सेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ।

माघ २४ गतेसम्म कम्पनीको सेयरधितो बन्धक राखि कर्जा लिएका सेयरधनीको हकमा भने बोनस सेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई सेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न पनि आग्रह गरिएको छ।

साथै सो मिति पश्चात रोक्का राखिएका सेयरधनीको बोनस सेयर सम्बन्धित डिम्याट खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीको सेयर रोक्का रहे-नरहेको यकिन गरी रोक्का राख्नुपर्ने भए बोनस सेयर समेत रोक्का राख्नेतर्फ आवश्यक पहल गर्न आग्रह गरेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया