समाज लघुवित्तले बनायो सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने
- BFIS News
- 2024 Jun Mon 13:59
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवित्तको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० बाट सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आवमा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको छ।
प्रतिक्रिया