Nepal Life

'फोन-पे' को 'भ्वाइस नोटिफिकेसन' सेवा सुरू

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Mon 14:14
'फोन-पे' को 'भ्वाइस नोटिफिकेसन' सेवा सुरू
Sanima Reliance

काठमाडौं । फोनपेले मोबाइल फोनहरूमा 'भ्वाइस नोटिफिकेसन' सेवा सुरू गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत् भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्।

NIMB

फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।

यस नयाँ सुविधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्युआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनः परिभाषित गरेको बताइएको छ।

उक्त सुविधाले एसएमएसमार्फत् भुक्तानी पुष्टिकरणमा भर पर्नुपर्ने आवश्यकतालाई हटाएको छ। यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी 'नोटिफिकेसन सेटिङ' बाट 'भ्वाइस नोटिफिकेसन' सुरू गर्न सक्नेछन्।

बढ्दो गतिको व्यवसायिक वातावरणमा व्यवसायहरूहरूले विशेषगरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधहरूको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केही चुनौतीहरूको सामना गरेका छन्।

'भ्वाइस नोटिफिकेसन' सुविधाको सुरुवातसँगै फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको छ।

अब व्यवसायहरू आफ्नो व्यापार सञ्चालनमा पूर्ण  तरिकाले केन्द्रित रहन सक्छन्। भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविक–समय (रियल टाइम) भुक्तानी सूचनाहरू डेलिभर गर्दै  व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धी जानकारीहरू कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको छ।

फोनपेका सिइओ दिवस कुमारले भने, 'हामी आजको व्यवसायिक वातावरणमा व्यापारहरुले सामना गर्ने चुनौतीहरूबारे अवगत छौं। यी मोबाइल फोन केन्द्रित आविष्कारहरूसँग हाम्रा नेटवर्क साझेदार संस्थाहरूले थप सुविधाका साथ आफ्ना व्यापारीहरूलाई अझ सशक्त बनाउँदै क्युआर कोड आधारित भुक्तानी स्वीकृति अनुभवलाई पुनः परिभाषित गर्न सक्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं।'

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया