Nepal Life

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Mon 16:55
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा
Sanima Reliance

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

NIMB

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले मेयर महर्जनसहित चार कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।

उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्।

उनीहरूविरूद्ध एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया