NIMB Header 2
Nepal Life

नेपाल दूरसञ्चारले माग्यो प्रबन्ध निर्देशक, के छ आवश्यक योग्यता?

National Life
  • BFIS News
  • 2024 Jun 04 08:48
नेपाल दूरसञ्चारले माग्यो प्रबन्ध निर्देशक, के छ आवश्यक योग्यता?
Sanima Reliance

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको छ। तोकिएको योग्यता पूरा भएका नेपाली नागरिकले आज (२२ जेठ) का मितिले १५ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन्।

Shikhar
NIMB

उम्मेदवारको उमेर हद ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ। उम्मेदवार मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यववस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङजस्ता विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्ने तोकिएको छ।

त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवाप्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा भएका संस्था र निकायमा १२ वर्षको कार्यानुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ।

undefined

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया