NIMB Header 2
Nepal Life

नेपाली बजारमा सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 Jun 04 13:09
नेपाली बजारमा सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत जेठ १८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

Shikhar
NIMB

उक्त दिन सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबारको तुलनामा भने मंगलबार सुनको भाउ प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया