NIMB Header 2
Nepal Life

प्रभु बैंक र स्विस कन्ट्राक्टबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 Jun 04 16:23
प्रभु बैंक र स्विस कन्ट्राक्टबीच सम्झौता
Sanima Reliance

काठमाडौं। प्रभु बैंक लिमिटेड र ‘स्विस कन्ट्राक्ट : नेपाल एग्रिकल्चर डेभलपमेन्ट प्रोग्राम (नामडिपी) फेज टु बीच सम्झौता भएको छ। यो सम्झौता कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्राक्ट नेपाल को सहकार्यमा सञ्चालन गरिने Growing together : A Sustainable Agriculture initiative for Koshi Province नामक परियोजनाका लागि सम्झौता भएको हो।

Shikhar
NIMB

जेठ २१ गते उक्त सम्झौतापत्रमा नामडीपी फेज टुका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै, वित्तीय साक्षरता/व्यवसायिक साक्षरता  सहज रुपमा उपलब्ध गराइनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया