Nepal Life

सेयर बजारका ठुला खेलाडीहरु ललिता निवास र सुन काण्डमा मुछिदा सेयर बजारमा पर्यो नकारात्मक असर

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 15:51
सेयर बजारका ठुला खेलाडीहरु ललिता निवास र सुन काण्डमा मुछिदा सेयर बजारमा पर्यो नकारात्मक असर
Sanima Reliance

काठमाडौं । सेयर बजारका ठुला खेलाडीहरु सुन काण्ड र ललिता निवास काण्डमा मुछिदा सेयर बजारमा नकारात्मक असर परेको छ । प्रहरीले लगातार सुन काण्डमा मुछिएका र ललिता निवासमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ । यसमा शेयर बजारका ठुला ठुला लगानीकर्ताहरु समेत परेका छन् । एक पछि अर्को गर्दै यस्ता लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गर्दा शेयर बजारमा नकारात्मक असर परेको बजार विश्लेषक राजु पौडेलको विश्लेषण छ । 

NIMB

यस प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा ठुला ठुला व्यवसायीहरु नै परिरहेका छन् । नेपालका ठुला व्यवासयी तथा व्यापारिक घरानाले इन्भेष्टमेन्ट कम्पनी तथा व्यक्तिगत तवरबाट शेयरमा ठुलो लगानी गर्दै आइरहेका छन् । उनिहरुलाई पक्राउ गर्ने वित्तीकै शेयर बजारमा नकारात्मक सेन्टिमेन्ट बन्ने विश्लेषकहरु बताउछन् । 

आज नेप्से सूचक २८ अंकले घटेर २०१९ अंकमा झरेको छ । आज शेयर बजारमा २०३० मा सपोर्ट थियो । तर २०३० को सपोर्ट तोडिए पछि लगानीकर्ताले थप सप्लाइ दिए । अव शेयर बजारमा १९८० को सपोर्ट विन्दु रहेको छ । उक्त सपोर्टलाई पनि तोड्यो भने शेयर बजार १९६० देखि १९९० को विचमा घुमेर फर्किने सम्भावना उच्च रहेको पौडेलको तर्क छ ।

मौद्रिक नीतिले लगानीकर्ताहरुलाई आशा देखाएको थियो । यदि मौद्रिक नीतिले बजारलाई फेबर गर्यो भने बजारले विगत एक वर्षदेखि तोड्न नसकेको २२७८ अंकको अवरोधलाई तोडेर बजार बुल हुने विश्लेषण गरिएको थियो । यहि अनुसार ठुला लगानीकर्ताले शेयर उठाइरहेका थिए । तर राष्ट्र बैंकले लगानीकर्तालाई धोका दिएको बजार विश्लेषक पौडेल बताउछन् । यस पटक राष्ट्र बैंकले पनि कारोबार अवधिमा मौद्रिक नीति सार्वजनिक गरेर लगानीकर्तालाई फसाएको लगानीकर्ताहरुको आरोप छ ।

कारोबार अवधिमा सार्वजनिक भएको मौद्रिक नीतिमा शेयरधितो कर्जाको भारित औषत मूल्याङ्कनमा पुनरावलोकन गर्ने भनिदियो । यसले गर्दा दिनभर शेयर बजारमा उछाल आयो । ठुला लगानीकर्तले राम्रै शेयर खरिद बिक्री गरे । जव राष्ट्र बैंकले पत्रकारसम्मेलन मार्फत यसको गणना विधिमा परिवर्तन गरिने हो तर ५० लाख भन्दा माथिको ऋणको हकमा १५० प्रतिशत नै जोखिम व्यवस्थापन गर्नु पर्ने भनिदियो । यसले गर्दा ठुला लगानीकर्ता रुष्ट भए । उनिहरुले मौद्रकि नीतिको भोलिपल्टैदेखि लगातार सप्लाइन दिनुका साथै नयाँ खरिद खरिद गरेका छैनन् । यसका साथै राष्ट्र बैंकले १२  करोडको सिमामा  पनि केहि बोलेन । यसले गर्दा पनि ठुला लगानीकर्ता राष्ट्र बैंक प्रति रुस्ट छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया