Nepal Life

व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिँदै हिमालयन लाइफ इन्स्योरेन्स

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 09:15
व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिँदै हिमालयन लाइफ इन्स्योरेन्स
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरीवाना) मा छुटको व्यवस्था गरेको छ। कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ २३ गतेदेखि ३० गतेसम्म पुनर्जागरण वा नवीकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।

NIMB

कम्पनीले ३ वर्षसम्मको बीमालेख नवीकरण गर्दा शतप्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखिमाथि जतिसुकै अवधिका लागि २५ प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ।  

यो छुट योजनामा समावेश भई नवीकरण भएका बीमालेखहरु नवीकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया