Nepal Life

दराज नेपालद्वारा मिड इयर सेल घोषणा, २ करोडसम्मको अफर

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 05:02
दराज नेपालद्वारा मिड इयर सेल घोषणा, २ करोडसम्मको अफर
Sanima Reliance

काठमाडौं । अनलाइन किनमेल गन्तव्य दराज नेपालले मिड–इयर सेल ६.६ घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत उपभोक्ताहरुले ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७०प्रतिशतसम्मको आकर्षक छ्रूट, निःशुल्क डेलिभरी, २ करोड रुपैयाँ बराबरको मेगा भौचरलगायतका अफरहरु प्राप्त गर्न सक्नेछन् ।  

NIMB

दराज ६.६ मिड–इयर सेल जेठ २४, २०८१ देखि जेठ ३०, २०८१० सम्म सञ्चालन हुने कम्पनीले बताएको छ । विभिन्न बिक्रेतामार्फत उपभोक्ताले अफरमा दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम ४९९ रुपैयाँ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्  ।

कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भौचरहरु संकलन गर्ने सुविधा पनि उपलब्ध छ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उदेश्यका साथ दराजले बेष्ट प्राइस ग्यारेन्टी कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रमअन्तर्गत उपभोक्ताले बेष्ट प्राइस ट्यागका साथ  बिक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्नेछन् । 

६.६ मिड–इयरसेलको अवधीभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्ममार्फत् दराजले ‘बेष्ट प्राइस ट्याग’उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया