NIMB Header 2
Nepal Life

डोड्रफेङ ईभीका लागि त्रिवेणी मोटोकर्पको बालकु‌मारीमा शोरुम शुभारम्भ

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 06 05:04
डोड्रफेङ ईभीका लागि त्रिवेणी मोटोकर्पको बालकु‌मारीमा शोरुम शुभारम्भ
Everest Bank

काठमाडौं । त्रिवेणी मोटोकर्पले ललितपुरको बालकु‌मारीमा डोड्रफेङ ईभीको शोरुम शुभारम्भ गरेको छ । त्रिवेणी ग्रूप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोड्रफेङ अटोमोवाईल कम्पनीबाट आधिकारिक वितरक नियुक्त भए पश्चात कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।

Shikhar
NIMB

डोड्रफेङ अटोमोवाईल कम्पनी  चीनको तीन ठूला गाडी निर्मातामध्ये एक रहेको र यसका बाहनहरु विश्वका ६० देशहरुमा बिक्री वितरण हुँदै आएको छ ।

हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोड्रफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्री वितरण शुृरु गरेको छ ।११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर छ र यसको ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले फुल चार्जमा ३०० किमी रेञ्ज प्रदान गर्दछ।  

त्यसैगरी, १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर छ, यसको ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले फुल चार्जमा ३०० किमीको रेञ्ज प्रदान गर्दछ। डोड्रफेङ्गका सबै इलेक्ट्रिक भ्यान सिएटीएल जडित छन् ।

कम्पनीले उक्त रेञ्जहरु ४० किमी प्रतिघण्टाको गतिमा चलाएमा प्राप्त गर्न सकिने उल्लेख गरेको छ ।बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परिक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पाइने दाबी गरेको छ ।

त्रिवेणी मोटोकर्पले होङ्गफेङ्ग इलेक्ट्रिक भ्यानहरु नेपालभर बिक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको बताएको छ। कम्पनीका अनुसार सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ चार्जिङ स्टेशनहरु डिलर नेटवर्कमा विस्तार गर्नुका साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरु विस्तार गर्दै जाने लक्ष्य रहेको बताएको छ ।

कम्पनीले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको पनि बताएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया