Nepal Life

एनसेल र नेपाल युवा परिषद्‌को संयुक्त पहलमा ७७ जिल्लामा ७७ सय वृक्षारोपण गरिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 13:10
एनसेल र नेपाल युवा परिषद्‌को संयुक्त पहलमा ७७ जिल्लामा ७७ सय वृक्षारोपण गरिने
Sanima Reliance

काठमाडौं। विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषदले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७ हजार ७०० रुख वृक्षरोपण गर्न सहकार्य गरेको छ।

NIMB

एक युवा, एक विरुवा (वान युथ, वान प्लान्ट) अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा आगामी असार १४ गते  'राष्ट्रिय वृक्षारोपण दिवस २०८१' को दिन देशभर वृहत रूपमा वृक्षारोपण गरिने छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत नेपाल युवा परिषदसँग गरेका समझदारी अनुरूप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरूवा वृक्षारोपण गर्ने छन् र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ।

वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ। यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषदको रहेको छ।

सामाजिक पहलअन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरूको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ।

'यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामीण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषदसँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्।   

नेपालका युवाहरूका वृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रूपान्तरणमा एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायहरूसँग काम गर्दै आएको छ। सन् २०२४ को 'अन्तर्राष्ट्रिय युवा दिवस २०२४' मा पनि एनसेलको विशेष सहकार्य रहेको छ।

नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखी वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताए।

एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीय स्तरमा रहेका युवाहरूलाई वातावरण संरक्षणमा जोड्दै युवाहरूलाई सामाजिक रूपान्तरणमा समेत एक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान सञ्चानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ।

यसअघि नेपाल युवा परिषदले एनसेलसँगको सहकार्यमा ५ वटा प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरिसकेको छ। यसरी गरिएका प्रदेश सम्मेलनमा प्रदेश तथा स्थानीय स्तरमा रहेका युवाहरुलाई युवा उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका लगायतका विविध विषयवस्तुलाई केन्द्रविन्दुमा राखी विभिन्न विज्ञहरूको उपस्थितमा कार्यपत्र प्रस्तुत गर्ने समेत गर्दै आइरहेको छ।

सम्मेलनमा सहभागी युवाहरूले प्रादेशिक स्तरको प्रादेशिक कार्ययोजना निर्माण गरी उक्त कार्य योजनालाई प्रदेशको मुख्यमन्त्री, सामाजिक विकास मन्त्री लगायताका सरोकारवाला निकायलाई बुझाउँदै आइरहेको छ।

बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशमा सम्पन्न भइसकेको उक्त सम्मेलन छिट्टै बाँकी २ प्रदेश र केन्द्रमा समेत आयोजना हुने परिषदले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया