Nepal Life

हिमालयन लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 14:53
हिमालयन लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी
Sanima Reliance

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शंखरापुर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–२ की सदस्य सृजना चौलागाई (खतिवडा)को मृत्युपश्चात निजका श्रीमानलाई बीमा क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।  

NIMB

चौलागाईको दुर्घटनावाट मृत्यु भएकोले ऋण रकमको दोब्बर रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ । सदस्य सृजना चौलागाईले संस्थाबाट ४ लाख ५० हजार कर्जा लिएकी थिइन् ।

उनको मृत्युपश्चात कर्जाको तिर्न बाँकी सम्पूर्ण साँवा र ब्याज रकम ४ लाख ६१ हजार ५६३ रुपैयाँ मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्युपश्चात दिइने काजकिरीया खर्च २५ हजार रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम ४ लाख ६३ हजार ४३७ रुपैयाँ निजका श्रीमान राजन खतिवडालाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रमुख झुमा पौडेलले जानकारी दिइन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया