Nepal Life

रिलायबल नेपाल लाइफको आइपिओ पहिलो दिनमै ४६ प्रतिशत विक्यो

NMB Bank
  • BFIS News
  • 2023 Aug 08 17:24
रिलायबल नेपाल लाइफको आइपिओ पहिलो दिनमै ४६ प्रतिशत विक्यो
National Life

काठमाडौं । रिलायबल नेपाल लाइफले निष्काशन गरेको प्राथमिक शेयरमा पहिलो दिनमै तीन लाख ६२ हजार ७९१ जनाले आवेदन दिएका छन् । कम्पनीले ९६ लाख कित्ता निष्काशन गरेकोमा आजै ४४ लाख ५१ हजार कित्ताका लागि आवेदन परेको छ । 

Shikhar
NIMB

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् । यस भन्दा अगाडी १२ लाख भन्दा भन्दा धेरैको आवेदन पर्दै आएकोले कम्पनीको शेयरमा १० कित्ता भन्दा बढिको आवेदन दिए पुग्छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार