एक्प्लोर हिमालयन ट्राभलका पाण्डे पाटाको उपाध्यक्षमा निर्वाचित, ३५ वर्ष लामो व्यवसायिक अनुभव

  • BFIS News
  • 2024 Jun Fri 19:22
एक्प्लोर हिमालयन ट्राभलका पाण्डे पाटाको उपाध्यक्षमा निर्वाचित, ३५ वर्ष लामो व्यवसायिक अनुभव

काठमाडौं । एक्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष सुमन विक्रम पाण्डे प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तराष्ट्रिय  मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

गत मार्च महिना सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेजले आफ्नो मनोनयन फिर्ता लिए पछि उपाध्यक्षमा निर्विरोध पाण्डे समेत पूर्ण कार्य समितिको नतिजा अनुगमन समितिबाट पेश भए पश्चात आज ७ जुन मेंमा भएको पाटाको साधारण सभाबाट अनुमोदन भएको थियो।

सन् १९७५ देखि सदस्य रहँदै आयको नेपालको पाटाको यो तहको जिम्मेबारीमा पहिलो पटक प्रतिनिधित्व भएको छ । पाण्डे यस अघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भुमिकामा थिए । 

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भइ सन् १९९८ देखि बैङ्ककमा मुख्यालय रहेको पाटाले एशिया तथा प्रशान्त क्षेत्रमा आपसी पर्यटकीय आदान प्रदान वा व्यापार विस्तार को क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरुका साथ सहयोग तथा सहकार्यमा संलग्न रही आएको छ।

सन् १९७५ देखि सदस्य रही आएको नेपालको पर्यटकीय सम्भावनाहरुलाई  अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तर वृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आउनुका साथै सन् १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभुकम्प पश्चातको संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रमका साथै ६ पटक भन्दा बढी शाहसिक पर्यटन मेला, सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्टको आयोजना मा सक्रिय सहयोग गर्नुका साथै गत वर्ष बार्षिक साधारणसभा तथा शाहसिक पर्यटन बजारको आयोजना गरेर पोखराको शुस्त पर्यटन बजारको पुनरुत्थानमा सहयोग पुराएको थियो।

आफ्नो ३५ वर्ष लामो व्यवसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत व्यापक विधामा संलग्न सुमन विक्रम पाण्डे ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष, नेपाल पर्यटन बोर्ड का सदस्य, एरलाइन् अपरेटर एशोसिएसन अफ नेपाल का महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टर का अध्यक्ष रहनु का साथै विभिन्न पर्यटकीय कार्यक्रम तथा गतिविधिहरूको सञ्चालन मा सक्रिय भूमिका खेल्दै आएका छन् । 

सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको नेपाल सरकार मन्त्री परिषद बैठक को मुख्य संयोजन कर्ता पाण्डेको अगुवाइमा सन् २००८ मा नेपालमा स्काई डाइभिङ् को शुरुवात, नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधिको शुरुवात र उनकै नेतृत्वमा सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट जस्तो अन्तराष्ट्रिय पर्यटन मेला को शुरुवात भएको थियो।

सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्य समिति का लागि भएको चुनावमा निम्न बमोजिम प्रतिस्पर्धीहरु निर्वाचित भएका थिए।

अध्यक्ष : पिटर सिमोन - डेसटीनेशन ह्युमन क्यापिटल, टीमोर लिस्टे, इण्डोनेशिया) 
उपाध्यक्ष : सुमन पाण्डे - एक्प्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर, नेपाल)
सचिव र कोषाध्यक्ष : एशियन ट्रैलस - थाइल्यान्ड
सदस्य : बेन मोनटगोमरी, सेन्टारा होटेल्स एण्ड रिसोर्ट, थाइल्यान्ड
सदस्य : सञ्जित जैन - डी पी पी प्रकाशन, भारत
सदस्य : मयूर पटेल - ओ ए जी एभिएसन, सिंगापुर

पाटाको सरकारी सदश्य प्रतिनिधीका रूपमा नोरेडा ओथम्यान, साबहा पर्यटन बोर्ड मलेशिया र जेराल्ड पेरेज - गुवाम पर्यटन बोर्ड गत वर्ष निर्वाचित भएका हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया