Nepal Life

बाहिर घुम्न जाँदै हुनुहुन्छ? यात्रा बीमा गराएर ढुक्क हुनुस् है!

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sat 10:09
बाहिर घुम्न जाँदै हुनुहुन्छ? यात्रा बीमा गराएर ढुक्क हुनुस् है!
Sanima Reliance

काठमाडौं । गर्मीको बिदामा यदि तपाईं आफ्नो साथी वा परिवारसँग वा एक्लै कतै बाहिर घुम्न जाँदै हुनुहुन्छ भने तपाईंका लागि यहाँ दिइएको जानकारी उपयोगी हुसक्छ। कुनै पनि यात्राको क्रममा उडान रद्द हुनेदेखि लिएर सामान हराउनेदेखि मेडिकल आपतकालिन अवस्था आउन सक्छ।

NIMB

यदि यात्रा लामो र टाढाको देश हो भने, त्यस्ता समस्याहरूको सम्भावना पनि बढ्छ। एक रिपोर्टका अनुसार हरेक वर्ष विश्वभर लगभग २/५ करोड वस्तुहरू एयरलाइन्सद्वारा ढुवानीका क्रममा हराउने वा क्षतिग्रस्त हुन्छन्।

यी सम्भावित यात्रासम्बन्धी समस्याहरू उल्लेख गर्नुको उद्देश्य तपाईंको छुट्टीको उत्साहलाई कम गर्नु होइन। यो केवल समस्याको समयमा तपाईंको लागि यात्रा बीमा धेरै उपयोगी हुनसक्छ भनेर देखाउनु हो।

त्यसैले लामो र टाढाको यात्रामा जाँदा ट्राभल इन्स्योरेन्सको बारेमा गम्भीरतापूर्वक विचार गर्नुपर्छ। यात्रा बीमाका फाइदाहरूको बारेमा पूर्ण जानकारीले तपाईंलाई सही निर्णय लिन मद्दत गर्न सक्छ।

यदि तपाईंले बिरामी, पारिवारिक आपतकालिन, राजनीतिक अशान्ति वा अन्य कुनै आपतकालिन कारणले आफ्नो यात्रा रद्द वा अवरोध गर्नु परेको छ भने, यात्रा बीमाले उडान टिकट, होटल बुकिङ आदि लगायत फिर्ता नहुने रकमहरु पनि इन्स्योरेन्सले समेट्छ।

यदि तपाईंको उडान केहि घण्टा भन्दा बढी ढिलो भयो भने, यात्रा बीमाले ढिलाइको कारण हुने कुनै पनि हानि वा नोक्सानी, साथै ढिलाइको कारणले भएको होटल र खाना खर्चहरू कभर गर्दछ। यदि एयरलाइन्सले उडान ढिलाइको कारणले तपाईंलाई कुनै क्षतिपूर्ति तिरेको छ भने, बीमा कम्पनीले यसको कभरेज समायोजन गर्न सक्छ।

यदि एयरलाइन्सले तपाईंको उडान रद्द गर्छ वा तपाईंले यात्राको क्रममा परिवारको कुनै सदस्यको बिरामी वा मृत्युको कारणले तपाईंको यात्रा रद्द गर्नु परेमा बीमा नीतिले तपाईंको फिर्ता नहुने बुकिंग शुल्कहरू पनि फिर्ता गर्दछ।

यसका अलावा, यदि तपाईं उडान ढिलाइ वा रद्दको कारणले त्योसँग जोडिएको अर्को कनेक्टिङ उडान मिस गर्नुहुन्छ भने यात्रा बीमाले यसमा पनि तपाईंलाई मद्दत गर्दछ यदि तपाईं बोर्डिङका लागि सही समयमा पुग्नु भयो भने। यसको दाबी गर्न तपाईंले आफ्नो सबै इनभ्वाइसहरू, बोर्डिङ पासहरू र एयरलाइन्स ढिलाइ प्रमाणपत्रहरू सुरक्षितसाथ राख्नुपर्ने हुन्छ।

ट्राभल इन्स्योरेन्स नीतिले दुर्घटनाबाट हुने नोक्सानीको क्षतिपूर्ति मात्र प्रदान गर्दैन यसले दुर्घटनामा कसैको मृत्यु भएमा मनोनीत व्यक्तिलाई क्षतिपूर्ति पनि प्रदान गर्दछ। यस बाहेक, दुर्घटनाको समयमा तपाईंको कारणले अरूलाई भएको क्षतिको क्षतिपूर्ति गर्न पनि तेस्रो पक्ष दायित्व कभर गरिएको हुन्छ।

ट्राभल इन्स्योरेन्सले चेक-इन गरिएको सामानको हानि वा क्षतिको लागि पनि कभरेज प्रदान गर्दछ। यसका साथै सामान चोरी भएकोमा पनि क्षतिपूर्ती दिने गर्छ तर यसका लागि तपाईंले समानको प्रमाण वा बील पेश गर्नुपर्ने हुन्छ।

लामो वैदेशिक यात्राको क्रममा कुनै पनि प्रकारको मेडिकल इमरजेन्सी तपाईंको लागि ठूलो समस्या बन्न सक्छ। विदेशमा उपचारको लागत यति धेरै हुनसक्छ कि यसले तपाईंलाई आर्थिक रूपमा ठूलो धक्का हुनसक्छ।

सामान्यत: तपाईंको घरेलु स्वास्थ्य बीमा नीति विदेशमा लागू हुँदैन। त्यसैले यदि तपाईं विदेश यात्रा गर्दै हुनुहुन्छ भने, चिकित्सा आपतकालिन कभर गर्ने यात्रा बीमा लिन नबिर्सनुहोस्।

देशभित्र यात्रा गर्दा मेडिकल इमरजेन्सीका लागि यात्रा बीमा लिनु आवश्यक छैन, किनकि तपाईंले गरेको स्वास्थ्य बीमा नै यसको लागि पर्याप्त हुन्छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया