Nepal Life

मौद्रिक नीतिका लागि सुझाव माग, कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाउदै राष्ट्र बैंक

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Mon 06:21
मौद्रिक नीतिका लागि सुझाव माग, कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाउदै राष्ट्र बैंक
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाहरूबाट असार १६ गतेभित्र सुझाव मागेको हो । राष्ट्र बैंकले साउन १५ गतेभित्र आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी थालेको छ ।

NIMB

सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन सकिने छ । फोनबाटै सुझाव दिन चाहेमा राष्ट्र बैंकको फोन नम्बर ०१–४४१७४९७ मा र फ्याकस मार्फत दिन चाहेमा ०१–४४३३३६५ मार्फत टिपाउन सकिने व्यवस्था गरेको छ । 

कार्यकालको अन्तिम मौद्रिक समिक्षाको तयारीमा रहेका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य तथा मुलुकको आर्थिक विकासको उदेश्य र आंकाक्षा पूरा गर्नेगरी मौद्रिक नीतिको तयारी गरिरहेका छन् । समग्रमा अर्थतन्त्रको आवश्यकता के हो ? मौद्रिक विस्तार के कति हुनुपर्ने हो ? निजी क्षेत्रतर्फ जाने कर्जा के कति हुनुपर्ने हो ? यी सबै कुरालाई ख्याल गरेर नै मौद्रिक नीतिको तयारी भइरहेको उनले सार्वजनिक कार्यक्रम मार्फत नै जानकारी गराइसकेका छन् । 

सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रको भुमिका सबैभन्दा धेरै हुने भएकाले सरकार मौद्रिक नीति मार्फत बैंक वित्तीय संस्थालाई कर्जा प्रवाहमा खुकुलो बनाएर अगाडी बढ्ने रणनीतिमा छ । राष्ट्र बैंकले तेस्रो त्रैमाशिक मौद्रिक समिक्षा मार्फत यसको संकेत दिइसकेको छ । यस भन्दा अगाडी मौद्रिक नीति मार्फत कसिलो बनाइएका व्यवस्थाहरुमा क्रमिक रुपमा खुकुलो बनाउदै लैजाने रणनीतिमा राष्ट्र बैंक लागेको देखिन्छ । यसै सन्दर्भमा राष्ट्र बैंकले सबै सँग सुझाव आह्वान गरेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया