Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Mon 08:59
आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश वितरणको प्रस्ताव पारित हुने
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा, काठमाडौं नक्सालस्थितआम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

NIMB

सभाले गत गत आव २०७९/८० का लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

यस्तै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित हुनेछन्। चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया