मनकामना स्मार्ट लघुवित्तको लक–इन अवधि असार २७ गते समाप्त हुने
- BFIS News
- 2024 Jun 10 09:27
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि आगामी असार २७ गते समाप्त हुने भएको छ। संस्थाले सूचना जारी गर्दै आगामी असार २७ गते संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक-इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया