United Ajod

१० महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, चैतको तुलनामा वैशाखमा कमी

Everest Bank
  • BFIS News
  • 2024 Jun Mon 18:41
१० महिनामा भित्रियो करिब १२ खर्ब रेमिट्यान्स, चैतको तुलनामा वैशाखमा कमी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना (साउनदेखि वैशाखसम्म) ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक अनुसार ११ खर्ब ९८ अर्ब रूपैयाँ भित्रिएको छ।

१० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो। चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।

१८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। तर, चैतको तुलनामा वैशाखमा रेमिट्यान्स भित्रिने दर केही घटेको छ।

चैतमा मासिक १ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रिएकोमा वैशाखमा १ खर्ब १६ अर्ब भित्रिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया