NIMB Header 2
Nepal Life

३३.१५ अंकको वृद्धिसँगै २१ सय नाघ्यो नेप्से, हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Jun 11 15:39
३३.१५ अंकको वृद्धिसँगै २१ सय नाघ्यो नेप्से, हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता
United Ajod

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेको छ। यसदिन नेप्से १.५९ प्रतिशतले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

Nepal Life
NIMB

सोमबार पाँच अर्ब ४९ करोड छ लाख नौ हजार ७८२ रूपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३११ वटा धितोपत्रको एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटाको घटेको छ। यस्तै, २ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ। बरुण हाइड्रोपावर, ग्रिन भेन्चर, कुथेली बुखरी हाइड्रोपावर, भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

सामलिङ पावरको मूल्य सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ६०० रूपैयाँ कायम भएको छ। यस्तै, कुमारी इक्विटी फण्डको मूल्य ४.९४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ २७ पैसामा झरेको छ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ७२१ रूपैयाँमा ३६ करोड ३० लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९.०८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२९ रूपैयाँ ९० पैसामा २३ करोड १७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको परिसूचक २.४० प्रतिशतले बढेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया