भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार २२२ रुपैयाँ सहयोग
- BFIS News
- 2026 Sep 08 12:49
काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
कम्पनीका सम्पूर्ण कर्मचारीले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्फबाट संकलित ३ लाख ११ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त रकम एभरेस्ट बैंक लिमिटेड, नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट रकम योगदान गरेका हुन्।
मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रबाट मानवीय सहयोग तथा सहकार्य आवश्यक रहेको जनाएको छ।
कर्मचारीहरूको सामूहिक योगदानले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया