हितग्राही खाताधनीलाई नविकरण शुल्क भुक्तानी गर्न आरविवि मर्चेन्टको अनुरोध

  • BFIS News
  • 2024 Jun Wed 05:42
हितग्राही खाताधनीलाई नविकरण शुल्क भुक्तानी गर्न आरविवि मर्चेन्टको अनुरोध

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले हितग्राही खाताधनीलाई यहि असार मसान्त भित्र नविकरण शुल्क भुक्तानी गर्न अनुरोध गरेको छ । हितग्राही खाता सञ्चालन गरे बापत १०० रुपैयाँ भुक्तानी गर्नु पर्ने आरविविले जनाएको छ ।

यस्तो शुल्क आरविवि मर्चेन्ट बैंकिङको केन्द्रिय कार्यालय टेकु तथा राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ । यसका साथै डिजिटल माध्यम इसेवा, कनेक्ट आइपिएस, खल्ती, आइएमई पे मार्फत पनि भुक्तानी गर्न सकिने बैंकिङले जनाएको छ । तोकिएको समयावधि भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राही खाता स्वत रोक्क हुने भएकाले एक महिना अगाडी नै यस्तो सूचना जारी गरेको हो ।

यसका साथै मेरोशेयरको सेवा लिइरहेका हितग्राहीहरुले मेरो शेयरको सेवा शुल्क पनि भुक्तानी गर्नु पर्छ । मेरो शेयरले वार्षिक ५० रुपैयाँ नविकरण शुल्क लिने गरेको छ । यसरी मेरो शेयर र हितग्राही खाता बापत १५० रुपैयाँ भुक्तानी गर्नु पर्छ । आरविविले हितग्राही खाताधनीलाई केवाइसी अपडेट गर्न समेत अनुरोध गरेको छ । अपडेट गरिसकेकाले अहिले गरिरहनु पर्दैन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया