Nepal Life

नेपाल बीमक संघको पहलमा म्युनिख रि फाउन्डेसनले नेपालमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Aug 09 11:51
नेपाल बीमक संघको पहलमा म्युनिख रि फाउन्डेसनले नेपालमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
National Life

काठमाडौं । म्युनिख रि फाउन्डेसनले नेपालमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । म्युनिख रि फाउन्डेसनले ‘इन्टरनेशनल कन्फ्रेन्स अन इन्क्लुसिभ इन्स्योरेन्स २०२४’ आयोजना गर्न थालेको हो । फाउन्डेसनले २० औ वार्षिकोत्सवको अवसरमा यस्तो सम्मेलन आयोजना गर्ने भएको हो । यो सम्मेलन २०२४ को अक्टोवर २३ देखि २७ सम्म हुनेछ ।

Shikhar
NIMB

नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले फाउण्डेसनका पदाधिकारीहरु सँग केहि समयदेखि संवाद गर्दै आइरहेका थिए । क्षेत्रीले फाण्डेसनलाई नेपालमा पनि सम्मेनल आयोजना गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई स्वीकार गर्दै फाउन्डेसनले सन् २०२४ को लागि नेपाललाई छनोट गरेको हो ।

यो संस्था म्युनिख रिले सिएसआर ‘सामाजिक उत्तरदायित्व’को काम गर्न सञ्चालन गरेको गैरनाफा मुलक संस्था हो । यो म्युनिख रिको १२५ औ वार्षिकोत्सवको अवसरमा सन् २००५ मा स्थापना भएको थियो । यसले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा यस्ता सम्मेलन आयोजना गर्दै आइरहेको छ । सन २०२३ का लागि घानामा यो सम्मेलन हुँदैछ ।

नेपालमा हुने सम्मेलनको जानकारी दिन फाउण्डेसनका उपाध्यक्ष डर्क रेनहर्ड नेपाल आएका छन् । उनले हिजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीदेखि लिएर सम्पुर्ण पदाधिकारीहरु सँग छलफल गरेका छन् ।

फाउण्डेसनको यो कार्यक्रम सञ्चालन गर्न निश्चित मापदण्डहरु पुरा गर्नु पर्छ । सम्मेलनको आयोजना तथा तयारीका लागि छुट्टै कार्यसमिति बनाउनु पर्ने हुन्छ ।

फाउण्डेसनले सम्मेलन भन्दा अगाडी नेपालको पुनर्बीमा तथा बीमाको वारेमा वृहत रुपमा अध्ययन गर्नेछ । यसरी गरिएको अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाउनेछ । पुनर्बीमा तथा बीमाका क्षेत्रमा नेपालले गर्नु पर्ने कामका विषयमा सुझाव दिइन्छ । सम्मेलनमा ५० भन्दा धेरै देशबाट सहभागिता रहनेछ । जसमा २०० भन्दा धेरै विदेशीले भाग लिने चंकी क्षेत्रीले जानकारी दिए ।

पछिल्लो समय जीवन बीमक संघ नेपाल, नेपाल बीमक संघ, नेपाल बीमा प्राधिकरणले एक पछि अर्को सम्मेलन आयोजना गर्दै आइरहेका छन् । नेपालको बीमा प्रति अहिले विश्वको ध्यान खिचिएको छ । कतिपय ग्रोबल इस्युको अध्ययन गर्नका लागि पनि नेपाल अहिले उदाहरणीय ठाउ बन्दै गइरहेको छ । त्यसैले पनि विदेशी बीमा कम्पनीको ध्यान खिच्दै आएको हो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार