Nepal Life

पदपूर्ति प्रक्रियाको समाचारमा प्राधिकरणको आपत्ति, 'कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता छैन'

NMB Bank
  • BFIS News
  • 2024 Jun 12 16:08
पदपूर्ति प्रक्रियाको समाचारमा प्राधिकरणको आपत्ति, 'कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता छैन'
National Life

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही सञ्चार माध्यमहरु प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Shikhar
NIMB

प्राधिकरणले प्रेस विज्ञप्ती जारी गर्दै पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही सञ्चार माध्यमहरुले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित र मनगढन्ते कुरा राखी मनोगत रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘बढुवाद्वारा विधिसम्मत् ढङ्गले पदपूर्ति गरिने विषय कानूनद्वारा स्वीकृत प्रक्रिया अवलम्बन गरी लोकसेवा आयोग सहितको सहभागितामा पदपूर्ति समितिद्वारा सम्पादन हुने विषय रहेको तर्फ थोरै पनि ज्ञान नराखी एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, प्राधिकरणका कर्मचारी र तिनको परिवारको समेत चरित्र हत्या गर्ने गरी कसैको स्वार्थ पूर्तिका लागि त्यसरी प्रकाशन गरिएको स्पष्ट देखिन्छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

प्राधिकरणले उक्त समाचारहरुलाई मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएको आरोप लगाउँदै समाचारप्रति खेद व्यक्त गरेको छ ।  

विज्ञप्तीमा भनिएको छ,‘प्राधिकरणका रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भइनसकेको अवस्थामा पत्रकारिताको मर्यादा विपरीत प्रकाशित कपोलकल्पित, भ्रामक र तथ्यहीन त्यस्ता समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणमा जानकारी गराइन्छ ।’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया