रेमिट्यान्स सेवाको पायोनियर आइएमई २४ औं वर्षमा प्रवेश, २० लाख भन्दा धेरै घरपरिवारको सारथी

  • BFIS News
  • 2024 Jun Wed 17:11
रेमिट्यान्स सेवाको पायोनियर आइएमई २४ औं वर्षमा प्रवेश, २० लाख भन्दा धेरै घरपरिवारको सारथी

काठमाडौं । नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिने क्रम व्यापक थियो । तर विदेशबाट रकम ल्याउने औपचारिक माध्यम थिएन । कयौ नेपालीहरु स्वदेशमा पैसा पठाउने क्रममा ठगिने गर्थे । यसले गर्दा विदेशबाट पैसा पठाउने माध्यम खड्किएको कुरालाई जापानमा बसेर चन्द्र ढकाल तथा हेमराज ढकालले नियाली रहेका थिए ।

आज भन्दा ठिक २४ वर्ष अगाडी सन् २०२४ मा ढकाल परिवारले विदेशबाट रकम पठाउने भरपर्दो माध्यम के हुन सक्छ भनेर अध्ययन गर्यो । विदेशमा भएको अभ्यास जस्तै नेपालमा किन नगर्ने भनेर सन् २००१ मा आजकै दिनमा आइएमई (इन्टरनेशनल मनी एक्सप्रेस)को स्थापना भएको थियो । कम्पनीले आज स्थापनाको २४ औं वार्षिकोत्सव मनाउदैछ ।

निजी क्षेत्रबाट स्थापित पहिलो पटक रेमिट्यान्स भित्र्याएको आइएमईले नेपालीको यति धेरै मन जित्न सफल भयो जसले गर्दा ‘पैसा पठाउने र पाउने भनेको आइएमई गर्नु हो’ भन्ने कथनको विकास भयो । विदेशबाट पठाएको पैसा सम्बन्धित परिवारसम्म पुग्न सकोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भनेर आइएमई सुरु गरिएको यसका संस्थापक तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल बताउछन् ।

यसरी नेपालमा औपचारिक माध्यममार्फत पहिलो पटक विदेशबाट रेमिट्यान्स ल्याउने निजी क्षेत्रको कम्पनी आइएमई (इन्टरनेशनल मनी एक्सप्रेस)  बन्यो । ढकालकै आइडियामा स्थापना भएको आइएमई अहिले मुलुकमा रेमिट्यान्स भित्र्याउने प्रमुख कम्पनी भएको छ । विदेशबाट आउने रेमिट्यान्सको करिब ३० प्रतिशत भन्दा धेरै हिस्सा आइएमईले ओगटेको छ ।

आइएमईले नेपालको अर्थतन्त्र तथा रेमिट्यान्स आप्रवाहमा ल्याएको क्रान्ति

आइएमई स्थापना हुनु भन्दा अगाडीसम्म नेपालीहरुलाई विदेशबाट पैसा पठाउन निकै कठिन थियो । बैंकमा लामो र झन्झटिलो प्रक्रिया पुर्याएर मात्रै नेपालीले पैसा पाउन सक्थे । विदेशी भूमिमा दुःख गरी कमाएको पैसा अरुकै हातबाट पठाउनु निकै जोखिमपुर्ण थियो ।

यो जोखिमलाई जापानमा बसेर ढकाल परिवारले नजिकबाट नियालीरहेका थिए । यो दुखलाई उनले व्यवस्थित गर्न धेरै अध्ययन गरे । यतिवेलासम्म आइएमईका अध्यक्ष चन्द्र ढकाल राष्ट्रिय बाणिज्य बैंकको कर्मचारी थिए । ढकालका भाइ हेमराज ढकालले यस विषयमा दाजु चन्द्र ढकाल सँग धेरै छलफल गरिरहेका थिए ।

यहि कुरालाई मुर्तरुप दिन ढकालले सुरुमा इन्टरनेशनल मनि एक्सचेन्जको नामबाट कान्तिपथमा मुद्रा सटही काउन्टर सुरु गरे । यस सँगै ढकाल परिवारले विप्रेषण सम्बन्धी नीतिको लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक सँग लविङ गर्यो । नभन्दै नीति पनि आयो । नीति आउने वित्तीकै मुद्रा सटहीको काम सुरु गरेको आइएमईले विदेशबाट पैसा पठाउने कामो सुरुवात गर्यो ।

तत्कालिन समयमा विदेशबाट नेपाल पैसा ल्याउन असम्भवजस्तै थियो । भाषागत समस्या र झन्झिटिलो प्रक्रियाले विदेशमा श्रम गर्ने नेपालीहरुका लागि सहज थिएन । सहज रुपमा पैसा पठाउन नसकिने भएकाले हुण्डी कारोबार व्याप्त थियो । आइएमईको यो पहलले हुण्डी कारोबारलाई धेरै हदसम्म घटाइदियो । यसले मुलुकको अर्थतन्त्रका साथै आम नेपालीको विदेशबाट पठाएको पैसा पाउने विश्वास बढाइदियो ।

रेमिट्यान्स कम्पनीका रुपमा स्थापित भइसकेपछि ढकालले कम्पनीको मार्केटिङलाई मलेसियामा बिस्तार गरे । पूर्वीनेपालबाट मेलेसियामा रोजगारीका लागि गएका रामशरण थापाले पहिलो पटक ४७ हजार ८९० रुपैयाँ आईएमईबाट नेपाल पठाए । त्यो पैसा नेपाल आए पछि आइएमईले लड्डुनै बाँडेको थियो ।

यसरी आइएमईले विश्वका कयौ देशहरुबाट रेमिट्यान्स पठाउने क्रमलाई तिव्रता थियो । आजका दिनमा आइएमईकै जगमा ४ दर्जन भन्दा बढि रेमिट्यान्स कम्पनीहरु स्थापना भइसकेका छन् । यस पछ स्थापना भएका कम्पनीले आइएमईको जति विश्वास भने जित्न सकेका छैनन् ।

आइएमई समुह आजका दिनमा नेपालको व्यवसायिक घरानाका रुपमा स्थापित हुनुको आधार पनि यहि आइएमई हो । यहिबाट आइएमई समुहले आफ्नो तरख्खी सुरु गरेको थियो । रेमिट्यासको जगतमा सफल नाम ‘आइएमई’ बैंक वित्तीय संस्था, बीमा कम्पनी, इम्पोर्ट एक्पोर्ट, होटल, हाइड्रोपावर, इन्भेष्टमेन्ट कम्पनी लगायतका क्षेत्रमा आफ्नो लगानी विस्तार गरिसकेको छ । कम्पनीले यो सफलतामा सर्वसाधारणलाई पनि जोड्दै आइरहेको छ । आइएमईले लगानी गरेका अधिकाम्स कम्पनीहरु दोस्रो बजारमा सूचिकृत छन् । आइएमइको पनि आइपिओ निष्काशन गरेर दोस्रो बजारमा सूचिकृत गर्ने यो समुहको टार्गेट रहेको छ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र देवकोटाले २३ वर्षको यात्रामा साथ सहयोग पुर्याउनुहुने सबै प्रति आभार प्रकट गरेका छन् । उनले भिडियो सन्देश मार्फत भनेका छन् ‘आउने दिनहरुमा पनि हामीले हाम्रो सेवालाई अझ प्रविधमैत्री, आधुनिक सेवा प्रवाह मार्फत तपाईहरुको जीवनलाई अझ सहज र समृद्ध निरन्तर प्रयासरत रहने छौ ।’  

आइएमईले नेपालमै ३५ हजार भन्दा बढी स्थानबाट रिमिट्यान्स प्राप्त गर्न सक्ने सञ्जालको निर्माण गरेको छ । यसरी २० लाख भन्दा धेरै घर परिवारले आइएमईबाट सेवा प्राप्त गरिरहेका छन् । प्रत्यक्ष रुपमा २० हजार भन्दा धेरै र अप्रत्यक्ष रुपमा ४० हजार भन्दा धेरैले रोजगारी पाइरहेको आइएमईले जनाएको छ । यति धेरै मात्रामा भरपर्दो रुपमा सेवा प्रवाह गर्न विश्वमै नाम चलेका ८ वटा रेमिट्यान्स कम्पनीसँग पार्टनरसिप गर्दै आएको छ । नेपाल विश्वकै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने देशहरु मध्ये टप २५ भित्र पर्न आउने भएकाले यसमा आइएमईको योगदान नेपालमा मात्रै नभएर विश्व मान चित्रमै अगाडी देखिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया