Nepal Life

मंगलबारको फेक ब्रेक आउटलाई तोडेर बुधबार ४१ अंकको छलाङ

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 15:17
मंगलबारको फेक ब्रेक आउटलाई तोडेर बुधबार ४१ अंकको छलाङ
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से सूचक ४१.०६ अंकले सुधार भएर बन्द भएको छ । मंगलबार नेप्से सूचक २०२० को स्ट्रङ सपोर्टलाई तोडेर २०१९ अंकमा रोकिएको थियो । २०२० को सपोर्ट असाध्यै बलियो थियो तर यतिवेला सेलिङ प्रेसर थिएन । त्यसैले प्राइस मात्रै घटेर भोलिमले साथ नदिएकाले हिजोको ब्रेकआउट फेक थियो । यदि यो फेक ब्रेक आउट थिएन भने आज नेप्से सूचक १९८० सम्म तल झर्ने सम्भावना थियो ।  

NIMB

हिजोके फेक ब्रेक आउटले गर्दा नै शेयर बजार आज फर्किएको हो । बुधरबार २००० को अंकलाई छोएर बाउन्स व्याक भएको हो । तर आजै नेप्से सूचक २०५७ अंकसम्म पुग्यो । बजार विश्लेषकहरुका अनुसार आज बजारले २०५० को विन्दुलाई तोडेको हुँदा भोलिका दिनमा बजार अझै सुधार हुन्छ भन्ने अपेक्षा गरिएको छ ।

बुधबार नेप्से सूचक ४१.०६ अंकले बढेर २०६० कायम भएको छ । कारोबार रकम भने एक अर्ब ८८ करोडको मात्रै भएको छ । आज २०० वटा कम्पनीको मूल्यमा सुधार हुँदा १८ वटाको घटेको छ । आज कारोबारको पहिलो तीन घण्टा खासै सुधार हुन सकेको थिएन । तर पछिल्लो एक घण्टामा बजारले गति लियो ।

केहि समयदेखि शेयर बजारमा कुनै पनि विश्लेषणले काम गरेको छैन । पुराना लगानीकर्ताको सैद्धान्तिक विश्लेषण तथा नयाँ लगानीकर्ताको प्राविधिक विश्लेषण दुबैले राम्रो सँग काम नगरेको एक विश्लेषकले बताए । नेपालको राजनीति, अर्थनीतिमा स्थायित्व छैन । यहि अस्थायी प्रवृत्तीले शेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पारिरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया