Nepal Life

कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 08:42
कर्पोरेट डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
National Life

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ। जेठ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा आगामी असार १९ गतेका लागि बोलाएको हो।

Shikhar
NIMB

सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ७:१५ बजे बस्नेछ।

सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

यस्तै आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया