Nepal Life

जाल्पा र किसान लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 12:45
जाल्पा र किसान लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति
Sanima Reliance

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा एक आपसमा गाभ्नेर गाभिने (मर्जर तथा प्राप्ती) को अन्तिम स्वीकृति पाएका छन् ।

NIMB

नेपाल राष्ट्र बैंकले जेठ २९ गते जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो । अब ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन्।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लम्कीचुहा नगरपालिका– ४, कैलालीमा रजिष्टर्ड कार्यालय छ ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १:०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया