NIMB Header 2
Nepal Life

एएसजी आई केयरले क्रिकेट खेलाडीका परिवार र प्रशंसकलाई छुट दिने

National Life
  • BFIS News
  • 2024 Jun 13 12:53
एएसजी आई केयरले क्रिकेट खेलाडीका परिवार र प्रशंसकलाई छुट दिने
Sanima Reliance

काठमाडौं । एएसजी आई केयरले टी–२० वर्ल्ड कपका अवसरमा क्रिकेट खेलाडीका परिवार र क्रिकेट प्रशंसकलाई उपचार सेवामा छुट दिने घोषणा गरेको छ।

Shikhar
NIMB

एएसजी आई केयरले खेलाडीका परिवारलाई २५ हजार रूपैयाँ बराबरको आँखा उपचार तथा शल्यक्रिया निःशुल्क दिने बताएको छ।

'देशको गौरव बढाउन सफल हाम्रा टी–२० वर्ल्ड कप २०२४ का खेलाडीहरूको हौसला र प्रोत्साहनका लागि प्रत्येक खेलाडीको परिवारलाई २५ हजार रूपैयाँ बराबरको आँखा उपचार तथा शल्यक्रिया निःशुल्क दिने एएसजी आई केयर घोषणा गर्दछ,' कम्पनीले सूचना जारी गर्दै भनेको छ।

यस्तै वर्ल्ड कप अवधिभरमा नेपाली क्रिकेट प्रशंसकहरूको आँखा उपचारका लागि राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर उपचारका लागि आउनेलाई ओपिडी निःशुल्क दिने घोषणा पनि गरेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया