Nepal Life

शक्तिशाली बन्दै सरकारी लगानीका बाणिज्य बैंक, निजी स्तरका प्रतिस्पर्धी बैंकलाई उछिन्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 17:10
शक्तिशाली बन्दै सरकारी लगानीका बाणिज्य बैंक, निजी स्तरका प्रतिस्पर्धी बैंकलाई उछिन्दै
Sanima Reliance

काठमाडौं । सरकारी स्वामित्वका तीन बाणिज्य बैंकहरु कृषि विकास बैंक, बाणिज्य बैंक तथा नेपाल बैंक कुनै वेला दयनियम अवस्थामा थिए । आजको दिनमा यि तीन वटै बैंक शक्तिशाली बन्दै गएका छन् । हरेक वर्ष तीन बैंकले अन्य निजी स्तरका बाणिज्य बैंकलाई उछिनिरहेका छन् ।

NIMB

विग मर्जर पछि केहि बैंकहरुले अगाडी लागे पनि यि बैंकहरुको स्ट्रेन्थ हरेक वर्ष बलियो हुँदै गइरहेको छ । सरकारी बैंकहरुले कर्जा उठाउन सक्दैनन खराव कर्जा धेरै हुन्छ भन्ने मान्यतालाई चिर्दै तीन वटै बैंकले कर्जा लगानी र रिकभरीलाई उत्तीकै प्राथमिकता दिएका छन् । गएको आर्थिक वर्षमा ११ अर्ब ४२ करोड मुनाफा आर्जन गरेका छन् ।

तीन बैंकले पछिल्लो एक दशकमा आफुलाई पुर्ण रुपमा रिफर्म गर्न सफल भएका छन् । अहिले तीन वटै बैंकमा नयाँ जोश जागर र प्रतिस्पर्धी जनशक्ति भर्ना भएका छन् । नयाँ प्रतिस्पर्धी जनशक्तिकै कारण बैंकको उत्पादकत्वमा बृद्धि आएको हो ।

तीन वटै बैंकले पछिल्लो नयाँ सूचना तथा प्रविधिलाई अंगालेका छन् । डिजिटल बैंकिङलाई अंगालेका छन् । यसले गर्दा पनि तीन वटै बैंकहरु प्रतिस्पर्धी भएका हुन् । यि तीन बैंकको सफलता सँगै सरकारले ठुलो रकम लाभांश बापत लैजाने गरेको छ । अहिले राजश्व जुटाउने बलियो स्रोतको रुपमा तीन बाणिज्य बैंकहरु पनि पर्छन् । यस वर्ष पनि तीन वटै बैंकले राम्रो लाभांश पठाउन सक्ने देखिन्छ ।

मुनाफा

सरकारी बैंक मध्ये सबैभन्दा धेरै मुनाफा राष्ट्रिय बाणिज्य बैंकको ४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा नेपाल बैंकले ३ अर्ब ४१ करोड आर्जन गरेको छ भने तेस्रो नम्बरमा रहेको कृषि विकास बैंकले तीन अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बाणिज्य बैंकले १४.५४ प्रतिशतले बृद्धि गरेको छ भने कृषि विकास बैंकले ३९.२५ प्रतिशत र नेपाल बैंकले १६.७० प्रतिशतले बृद्धि गरेको छ ।

चुक्ता पूँजी तथा जगेडा कोष

चुक्ता पूँजी तर्फ हेर्ने हो भने कृषि विकास बैंकले सरकारले गरेको लगानी सहित १८ अर्ब ८८ करोड छ । जगेडा कोषमा भने ११ अर्ब ७२ करोड जम्मा भएको छ । बाणिज्य बैंकको चुक्ता पूँजी १५ अर्ब रहेको छ भने जगेडा कोषमा ३६ अर्ब ५८ करोड छ । कृषि विकास बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड छ भने जगेडाकोषमा २० अर्ब ९१ करोड रहेको छ ।

निक्षेप तथा कर्जा लगानी

सरकारी बाणिज्य बैंकले अन्य निजी स्तरका बाणिज्य बैंक सरह कर्जा लगानी तथा निक्षेप संकलनमा ध्यान दिएका छन् । गत वर्ष यि तीन बाणिज्य बैंकले ७ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकले ३ खर्ब २१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा लगानी गरेको छ ।

कृषि विकास बैंकले एक खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै नेपाल बैंकले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । कर्जा विस्तार र निक्षेप संकलन दुबै काममा सरकारी बैंक प्रतिस्पर्धी देखिनु आफैमा रोक र राम्रो पक्ष हो ।

खुद व्याज आम्दानी

तीन सरकारी बाणिज्य बैंकको खुद व्याज आम्दानी २९ अर्ब ८८ करोड रुपैयाँ छ । जसमा सर्वाधिक धेरै राष्ट्रिय बाणिज्य बैंकको १२ अर्ब ३५ करोड, नेपाल बैंकको ९ अर्ब ४४ करोड र कृषि विकास बैंकको ८ अर्ब ८ करोड छ ।

खराव कर्जा

यस वर्ष अधिकाम्स बाणिज्य बैंकको खराव कर्जा बढेको छ । कोभिड १९ पछि थिलिएको अर्थतन्त्र माथि उठ्न सकेको छैन । देश आर्थिक मन्दीको चरम चपेटामा परेको समयमा बैंकहरुले कर्जा उठाउन नसक्दा खराव कर्जा बढेको हो । तर यस पटक रोचक पक्ष के रह्यो भने सरकारी लगानीका बाणिज्य बैंकको खराव कर्जामा धेरै बढेको छैन । यसको प्रमुख कारण तुलनात्मक रुपमा अन्य बैंकहरु भन्दा सरकारी स्वामित्वका बैंकहरुको कर्जाको व्याजदर कम छ ।

चरम तरलता अभाव भएर अन्य बैंकहरुले कर्जा प्रवाह गर्न नसकेको समयमा सरकारी बैंकहरुले ऋणीहरु छानी छानी कर्जा लगानी गरे । यसले गर्दा खराव कर्जा देख्न सकिएन । अर्को तर्फ कर्जा रकभरीमा जति धेरै निजी स्तरका बैंकहरु सक्रिय रहन्छन् त्यतिनै सरकारी बैंकका कर्मचारीहरु पनि खटिने गरेका छन् ।  यस वर्ष बैंकहरुको मुनाफामा स्प्रेडदरले राम्रो साथ दिएको छ । तीन वटै बैंकहरुको स्प्रेडदर ४ प्रतिशत भन्दा मुनि छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया