NIMB Header 2
Nepal Life

नारायणघाट–मुग्लिन सडक २४ घण्टादेखि अवरुद्ध, सूचनाको अभाव र समन्वय नहुँदा यात्रीको विचल्ली, एम्बुलेन्स समेत जाममा

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 20 21:25
नारायणघाट–मुग्लिन सडक २४ घण्टादेखि अवरुद्ध, सूचनाको अभाव र समन्वय नहुँदा यात्रीको विचल्ली, एम्बुलेन्स समेत जाममा
Everest Bank

काठमाडौं, २०८२ असोज ४ — नारायणघाट–मुग्लिन सडक खण्ड तुइन खोलामा शुक्रबार साँझदेखि खसेको पहिरोका कारण २४ घण्टादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, सडक कहिले खुल्ने भन्ने विषयमा स्पष्ट जानकारी नदिँदा यात्रुहरू थप अन्यौलमा परेका छन्।

Shikhar
NIMB

सडक डिभिजन कार्यालय भरतपुरले शनिबार राति पहिरो नपन्छिएकाले आइतबार बिहान (भोली) पुनः काम सुरु गर्ने बताएको छ। तर, "भोली मात्रै खुल्ने सम्भावना छ" भनिए पनि कुनै निश्चित जानकारी नहुनु, जिम्मेवार निकायहरूको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।

यात्रुहरूबीच अहिले "टिट फर ट्याट" को मनोविज्ञान देखा परेको छ जसको कारण केहीले पोखरा हुदै वैकल्पिक बाटो रोज्ने प्रयास गरे पनि यथोचित सूचना र समन्वयको अभावमा गाडी रोकिन पुगेका छन्।

जाममा फसेका मध्ये केहीले हिंडेरै अगाडि बढ्ने प्रयास गरिरहेका छन्, भने शारीरिक रूपले असमर्थ, वृद्ध, बालबालिका र बिरामी यात्रुहरूको अवस्था चिन्ताजनक छ।

सरकारी उदासिनता: सूचना प्रवाह र समन्वयको घोर अभाव

यात्रु उज्ज्वलराज आचार्य भन्छन्, “सही समयमा सूचनाको प्रवाह नभएर यात्रुको बेहाल भएको छ। एम्बुलेन्स पास नहुँदा गम्भीर बिरामीको अवस्थासमेत बिग्रिँदै गएको छ।” उनका अनुसार यात्रुहरू जाम पार गरेर हिंडेरै कुरिनटारतर्फ लागिरहेका छन्।

प्रशासन, ट्राफिक, सडक विभाग वा स्थानीय जनप्रतिनिधिहरूबाट कोही पनि स्पष्ट जानकारी दिन वा नागरिकलाई गन्तव्यसम्म पु¥याउने प्रयासमा देखिएका छैनन्। यो अवस्थाले सरकारको आपतकालीन व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्राकृतिक विपत्तिको पूर्व तयारीको अभाव

तुइन खोलामा दुई वर्षअघि नयाँ पुल निर्माण गर्न खोज्दा पहरो फोरेको थियो, र त्यसैको कारण पहिरोको जोखिम बढेको देखिन्छ। गत वर्ष पनि यही क्षेत्रमा पहिरो गएको थियो — तर न स्थायी समाधान गरियो, न जोखिमको मूल्याङ्कन।

आज दिनभर लोडर र एक्साभेटर प्रयोग गरिए पनि पहिरो रोकिएर मात्र काम सम्भव भएकाले सुरक्षाका कारण काम अघि बढ्न सकेन। प्रशासनले भने बिहान १० बजेसम्म सडक खुलाउने प्रयास गरिने जानकारी दिएको छ, तर यसमा पनि ठोस आधार देखिँदैन।

वैकल्पिक बाटो र साना सवारीको मात्र पहुँच

प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। जसमा पश्चिमका लागि पोखरा, पूर्वका लागि हेटौंडा वा सिन्धुली मार्ग सुझाइएको छ। तर, यी सबै लामो दूरी, समय र लागत बढाउने मार्ग हुन्। चितवनको शक्तिखोरबाट फिस्लिङ जाने बाटो पनि साना गाडी मात्रका लागि उपयुक्त छ।

योजनाहीनता र उत्तरदायित्वको संकट

नारायणघाट–मुग्लिन सडक केवल सडक मात्र होइन यो देशको मुख्य पूर्व–पश्चिम आवागमनको नसा हो। यस खण्डमा यति गम्भीर समस्या आउँदा पनि राज्य संयन्त्रको सुस्तता, सूचना प्रवाहको अभाव, समन्वयको कमी, र पूर्वतयारीको कमजोरी देखिनु गम्भीर प्रशासनिक असफलता हो।

यात्रुहरू अलपत्र छन्, एम्बुलेन्स जाममा छन्, सूचना ‘हल्ला’मा सीमित छ र राज्य फेरि पनि ‘भोली’को आश्वासनमा अडिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया