Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रदको प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 17:47
युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रदको प्रस्ताव पारित
National Life

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ। कम्पनीको विशेष साधारण सभा बिहीबार आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको हो ।

Shikhar
NIMB

सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएको छ।  

यस्तै हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया