Nepal Life

गभर्नर अधिकारीको मुद्दाको पेशीले शेयर बजारमा उछाल, संयमित हुन विज्ञको सुझाव

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 18:05
गभर्नर अधिकारीको मुद्दाको पेशीले शेयर बजारमा उछाल, संयमित हुन विज्ञको सुझाव
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको पेशी भोलि बिहीबार भएको सूचनाले दोस्रो बजारका लगानीकर्ता हौसिएका छन् । सर्वोच्च अदालतमा विचाराधीन गभर्नर अधिकारीको मुद्दाको पेशी साउन २५ गते बिहिबारको लागि तोकिएकाले आज शेयर बजारमा राम्रै सुधार देखियो ।

NIMB

उनको यो मुद्दा पटक पटह सर्दै आइरहेको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार मार्फत २०७९ वैशाखमा गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले २०७९ वैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यस मुद्दामा सर्वोच्च अदालतले गभर्नर कै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । यस मुद्दामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै  अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । सोहि इजलाशले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

त्यस्तै बैशाख १६ गते न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बैशाख ६ गतेको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको थियो  । अदालतले यस मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गभर्नरमाथि जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउनलाई सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । त्यस्तै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको थियो  । सोहि आदेश अनुसार गभर्नरले काम गरिरहेका छन्  ।

यो मुद्दाको पेशी भोलिका लागि तोकिए पनि सुनुवाइ हुन्छ भन्ने टुङ्गो छैन । त्यसमा पनि २०७९ बैशाखको घटना भएको हुँदा गभर्नर अधिकारीको विपक्षमा मुद्दा फैसाल हुन गाह्रो छ । आज यहि कारणले शेयर बजारमा उछाल आए पनि बजार विश्लेषकहरुले संयमित हुन आग्रह गरेका छन् । उनिहरुले आज हौसिएर शेयर खरिद गर्दा भोलि नै गभर्नर अधिकारीको पक्षमा फैसाल भयो भने के गर्ने ? त्यसैले संयमित भएर लगानी गर्ने उनिहरुले राय व्यक्त गरेका हुन् । गभर्नर अधिकारी शेयर बजारका काधक व्यक्तित्वका रुपमा परिचित छन् । शेयर बजार अधिकतम विन्दुमा पुगेको समयमा उनले मौद्रिक नीति मार्फत शेयर धितोकर्जामा सिमा लगाउनुका साथै मार्जिन कर्जाको मूल्याङ्कन तथा प्रोभिजनिङमा कडाइ गरिदिएका थिए । यसले गर्दा शेयर बजार ३२ सय अंकबाट लगातार तल झर्ने क्रममा १८ सय अंकसम्म झर्यो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया