Nepal Life

असार महिनामा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाउँदा तीनले बढाए, सर्वाधिक बढाउनेमा हिमालयन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Fri 11:02
असार महिनामा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाउँदा तीनले बढाए, सर्वाधिक बढाउनेमा हिमालयन
Sanima Reliance

काठमाडौं । असार महिनाका लागि अधिकांश  वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । जेठ महिनामा औषतमा ६.९९ प्रतिशत रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर असारमा घटेर ६.८७ प्रतिशत कायम भएको छ।

NIMB

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.६५ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१४ प्रतिशतविन्दुले कम हो । जेठ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.७९ प्रतिशत थियो ।  

२० वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ३ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन्।

ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतले ब्याजदर घटाएको छ भने हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ। ब्याजदर बढाउने अन्य बैंकहरुमा नबिल बैंक र माछापुच्छ्रे बैंक रहेका छन्।

ब्याजदर बढाउने बैंक

हिमालयन बैंक - हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो।  

माछापुच्छ्रे बैंक  - माछापुच्छ्रे बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदरको व्यस्था गरेको छ। जेठ महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत  ब्याजदर प्रदान गरेको थियो।  

नबिल बैंक  - नबिल बैंकले असार महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ। जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो।  

अन्य बैंक

एनआइसी एसिया बैंक  - एनआइसी एसिया बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जेठ महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।

ग्लोबल आइएमई बैंक  - ग्लोबलले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ। व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ। जेठ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिएको थियो।  

नेपाल बैंक लिमिटेड - नेपाल बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ। व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

एभरेष्ट बैंक  - एभरेष्ट बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.५० प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।  

राष्ट्रिय वाणिज्य बैंक  - राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ। बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।  

एनएमबी बैंक  - एनएमबीले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.८० प्रतिशत र संस्थागततर्फ ६.८० प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

कुमारी बैंक - कुमारी बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम  ६.५६ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक - स्ट्याण्डर्ड चाटर्ड बैंकले असार महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लगि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।  

प्रभु बैंक  - प्रभु बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ।  बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।  

सिटिजन्स इन्टरनेशनल बैंक - सिटिजन्स इन्टरनेशनल बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

सानिमा बैंक  - सानिमा बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८ प्रतिशत र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन जेठ महिना ६.९ र ५.९ प्रतिशत कायम रहेको थियो ।  

नेपाल एसबीआई बैंक  - नेपाल एसबीआई बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३ प्रतिशत र संस्थागततर्फ ५.३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ। जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३९ प्रतिशत र संस्थागततर्फ ५.३९ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

प्राइम कमर्सियल बैंक - प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले  व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षपमा क्रमशः अधिकतम ७ र ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।

सिद्धार्थ बैंक  - सिद्धार्थ बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।   

लक्ष्मी सनराइज बैंक  - लक्ष्मी सनराइज बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बैंकले  व्यक्तिगततर्फ अधिकतम ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असार महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया