NIMB Header 2
Nepal Life

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 14 18:50
नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता
National Life

काठमाडौं। जल तथा मौसमजन्य विपद्जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ।

NIMB

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरे। सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ।

बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्नेछन्।

सम्झौताअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, घुम्रपान, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटन,  डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइनेछ।

यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई ‘सेन्ट्रल सर्भर’मा प्रयोग गर्न पहिलेदेखि छसय सिम उपलब्ध गराइरहेकामा अब थप एक सय सिम गरी सात सय थान सिम उपलब्ध गराएको छ। सिममा प्रतिमहिना तीन सय एमबी डाटा निःशुल्क उपलब्ध छ।

नेपाल टेलिकमले विसं २०७३ सालदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ। विभागले सम्प्रेषण गर्ने पूर्वसूचना सन्देशहरु विसं २०७३ सालदेखि अनवरत रुपमा निःशुल्क ‘मास एसएमएस सेवा’मार्फत सर्वसाधारणमा पु-याई विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पुर्‍याएकामा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदरपत्रद्वारा सम्मानित गर्दै आएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया