NIMB Header 2
Nepal Life

राष्ट्रिय जीवन बीमा कम्पनीको अभिकर्ता संघको अध्यक्षमा ढुङ्गाना चयन

National Life
  • BFIS News
  • 2024 Jun 14 19:34
राष्ट्रिय जीवन बीमा कम्पनीको अभिकर्ता संघको अध्यक्षमा ढुङ्गाना चयन
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्षमा ढुङ्गाना निर्वाचित भएका छन् । साविक राष्ट्रिय बीमा संस्थान अन्तर्गतका हाल कायम राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पुनर्गठन भेलाले ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Shikhar
NIMB

पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीको उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा हरिशरण शिवाकोटी, बुद्धि प्रसाद गौतम र सुभद्रा अधिकारीलाई चयन गरेको छ । त्यस्तै सचिव पदमा नारायण गिरी, सहसचिवमा छविलाल र मदराज, कोषाध्यक्षमा अवधेश कुमार झा, सदश्यहरुमा, बलराम श्रेष्ठ, रमा नेपाली देउला, राजन रिमाल, लक्ष्मी केसी, गजेन्द्र ठाकुर, टिका खड्का, लिला बहादुर श्रेष्ठ, कमला अधिकारी तिवारी, कविराज खड्का, कमल सुवेदी, श्याम प्रसाद अधिकारी र अन्जु श्रेष्ठ तण्डुकार सहित १२ जना चयन भएका छन् ।

बाँकी सह कोषाध्यक्ष र तीन जना सदश्यलाई भने कार्यसमितिले चयन गर्ने छ । त्यस्तै सल्लाहकारहरुमा कान्छा थापा, पिताम्बर पोखरेल, ध्रुव प्रसाद न्यौपाने, सविता कुमारी दाहाल पौडेल, लक्ष्मण प्रसाद नेपाल र लक्ष्मण नाथ उप्रेतीलाई चयन भएका छन् ।

विशेष अतिधि ओम बहादुर केसीले केन्द्रिय समितिको गतिविधि सहित समसामयिक समस्या, चुनौती र योजना लगायतका गतिविधिहरुको वारेमा जानकारी गरेका थिए । उनले अभिकर्ताहरुको समसामयिक समस्या चुनौती र योजना समेत प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथिको रुपमा उपस्थित नारायण दाहालले संघको इतिहासदेखि वर्तमान अवस्था र पेशागत गरिमाको विषयमा प्रकाश पारेका थिए । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया