Nepal Life

क्लोजिङको दवाव आउनु अगाडी नै करको हल्ला चलाएर बजार घटाउन खोज्दा लगानीकर्ता पेनिक, अन्तत सम्हालियो नेप्से

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Wed 15:13
क्लोजिङको दवाव आउनु अगाडी नै करको हल्ला चलाएर बजार घटाउन खोज्दा लगानीकर्ता पेनिक, अन्तत सम्हालियो नेप्से
Sanima Reliance

काठमाडौं । शेयर बजारलाई प्रभावित पार्ने उद्देश्य सहित अनावश्यक रुपमा कर हल्ला चलाउदा लगानीकर्ताहरुको पेनिक देखिएका छन् । चालु आर्थिक वर्षको क्लोजिङ नजिकिदै गर्दा लगानीकर्ताहरु दोस्रो बजारबाट पैसा जोहो गर्ने योजनामा छन् । असारको दोस्रो साता पछि दोस्रो बजारमा राम्रै सप्लाइ आउने निश्चित छ ।

NIMB

जतिवेला लगानीकर्ताहरुले साँवा, व्याज तथा किस्ता जोहो गर्नका लागि शेयर बिक्री गर्छन् । यो हरेक वर्षको नियमित प्रकृयाँ नै हो । यो भन्दा रोचक पक्ष केहि सञ्चार माध्यम मार्फत सरकारले कर बढाउने विषयमा छलफल गरेको भन्दै समाचार सम्प्रेषण गर्दा यसको असर भने दोस्रो बजारमा पर्यो । जवकी करका दरहरुमा बजेट बाहेक अन्य समयमा सामान्यतया फेर बदल हुँदैन । त्यसमा पनि आर्थिक विधेयकमा कर बढाउने विषयमा प्रस्ताव नै छैन । यसले गर्दा आगामी आर्थिक वर्षका लागि करको च्याप्टर क्लोज भइसकेको छ ।

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट तथा आर्थिक विधेयक संसदमा संसदहरुले जति सुकै चिच्याए पनि अलिकति पनि सुनुवाइ हुदैन । अर्थमन्त्री तथा सरकारले आफ्नो प्रेस्टिजको रुपमा हेर्ने बजेटमा हेरफर गर्न मान्दैनन् । यस्तो परिदृयमा कर बढाउने विषयमा भएको छलफलाई आधिकारिकता मान्दै हल्ला मच्याउदा यसको लाभ भने केहि बजार घटाउने पक्षलाई मिलेको छ । धमिलोमा माछा मार्नेले चलखेल गर्न खोज्दा केहि दिन बजारमा नराम्रो असर पारे पनि ति सबै कुराहरु क्लियर भएको नेपाल शेयरधनी लगानीकर्ता संघका अध्यक्ष घनश्याम पाण्डे बताउछन् ।  

यहि कारण गएका दुई कारोबार दिनमा नराम्रो सँग घट्यो । तर आज बुधबार भने शेयर बजार केहि सम्हालिएको छ । लगानीकर्ताले हाइड्रोपावर र फाइनान्सका शेयर उचालेका छन् । नेप्से सूचक २.२७ अंकले बढेर २०७८.७६ अंक कायम भएको छ । कारोबार रकम ६ अर्ब भन्दा माथि नाघिसकेको परिदृश्यमा करको अनावश्यक हल्ला चलाएर ३ अर्बमा झरेको छ । आज दोस्रो बजारमा ३ अर्ब ४० करोडको खरिद बिक्री भयो । १३५ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिदा १०४ वटा कम्पनीको शेयर मूल्य घट्यो ।

आज अन्तिम समयमा बाणिज्य बैंकको सूचकमा सामान्य सुधार देखिदा शेयर बजार नै हरियो भएर बन्द भयो । फाइनान्स ५८ अंकले बढ्दा केहि फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताको अहिलेको आकर्षण नै फाइनान्समा छ । सर्वाधिक कारोबार हुने कम्पनी तर्फ हेर्ने हो भने नेपाल फाइनान्स र गोर्खाज फाइनान्स छन् ।

आज सामान्य सुधार भए पनि लगानीकर्ताहरुले असार महिनामा संयमित भएर खरिद बिक्री गर्ने गर्छन् । व्याज र किस्ताका लागि शेयर बिक्री गर्ने लगानीकर्ता हाबी हुने भएकाले शेयर बजारमा राम्रै उतारचढाव आउछ । त्यस पछि साउन महिनामा वित्तीय विवरण सार्वजनिक हुन थाल्ने भएकाले शेयर बजारमा केहि रौनकता देख्न सकिन्छ । साउन भदौ र असोज महिना लाभांशको सिजन हो । जसको संकेत साउनमा सार्वजनिक हुने वित्तीय विवरणबाटै पाउन सकिन्छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया