Nepal Life

ओली र लेखकमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने सरकारको निर्णय

NMB Bank
  • BFIS News
  • 2026 Mar 27 18:34
ओली र लेखकमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने सरकारको निर्णय
National Life

काठमाडौं। वालेन्द्र शाह नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वायन गर्ने निर्णय गरेको छ।  

Shikhar
NIMB

पदभार ग्रहणलगत्ते बसेको पहिलो बैठकले प्रतिवेदनलाई कार्यान्वायनमा लैजाने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वायन गर्न निर्देशन दिने निर्णय भएको छ।  

जसअनुसार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि तत्काल कारबाही हुने भएको छ । आयोगले सात जनालाई मुद्दा चलाउन र अन्य १५ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। 

आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा आइजिपी चन्द्रकुबेर खापुङलाई लापरबाहीले ज्यान लिएको भन्दै १० वर्षसम्म सजाय हुने गरी मुद्दा चलाउन सिफारिस गरेको छ । 

त्यस्तै, तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र सिडिओ छवि रिजाललाई हेरचेक्राईले ज्यान लिएको भन्दै तीन वर्षसम्म सजाय हुने गरी मुद्दा चलाउन सिफारिस गरेको छ । 

अन्य १५ जनालाई विभागीय कारबाहीको सिफारिस भएको छ । जसमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, एआइजी शिद्धिबिक्रम शाह, डिआइजीहरु ओम राना, विश्व अधिकारी र एसएसपीहरु दीपशमशेर जबरा र ऋषिराम कँडेल छन् । त्यस्तै, सशस्त्र प्रहरी बलका एआइजी नारायणदत्त पौडेल, डिआइजी सुरेश श्रेष्ठ र एसपी जीवन केसी छन् । 

नेपाली सेनाका सहायक रथी मनोज बैदवार, प्रमुख सेनानी दिवाकर खड्का, प्रमुख सेनानी गणेश खड्का  र सेनानी सन्तोष ढुंगेल तथा राष्ट्रिय अनुसन्धान विभागका सहनिर्देशक कृष्णप्रसाद खनाल र सहअुसन्धान निर्देशक रिबेन कुमार गच्छदारमाथि कारबाही सिफारिस भएको छ । सुरक्षा निकायको हकमा अर्काे अध्ययन समिति गठनपछि मात्र कारबाही हुने भएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार