NIMB Header 2
Nepal Life

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दिए दरखास्त आवेदन

National Life
  • BFIS News
  • 2024 Jun 19 16:04
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दिए दरखास्त आवेदन
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार मन्त्रालयद्वारा गत जेठ २२ गते माग गरिएको दरखास्तमा १७ जनाले आवेदन दिएका हुन् ।  

Shikhar
NIMB

आवेदन दिनेमा विमल आचार्य, लक्ष्मण महर्जन, बुद्धिप्रसाद आचार्य,  कमल लामिछाने, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, शालिकराम पराजुली, शालिकराम सुवेदी, केदारनाथ कोइराला, नगेन्द्र कुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, प्रेमप्रसाद सिलवाल, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र रमेशप्रसाद जोशी रहेका छन् ।  

प्रबन्ध निर्देशक पदका लागि सञ्चार मन्त्रालयले गत जेठ २२ गते दरखास्त आवेदन माग गरेको थियो । उक्त पदका लागि ३५ वर्ष पूरा भएको र ५८ वर्ष उमेर ननाघेको, स्नातकोत्तर गरेको, टेलिकम क्षेत्र वा सरकारी स्वामित्वका सार्वजनिक संस्थामा काम गरेको १२ वर्षको अनुभव भएको जस्ता योग्यता निर्धारण गरिएको थियो ।  

आवदेन दिएका १७ जनाममध्येबाट प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा अन्तिम छनौटका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिनेछ ।  सरकारले ती ३ जनामध्येबाट १  जनालाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्नेछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया