Nepal Life

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कको हर्जनामा सत प्रतिशत छुट दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 06:56
हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कको हर्जनामा सत प्रतिशत छुट दिने
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष समाप्तीको अन्तिम महिनामा व्यतित बीमालेखलाई पुनर्जागरण गर्ने विशेष योजना ल्याएको छ । कम्पनीले ३ वर्षसम्मको व्यतित बीमालेखमा लाग्ने व्याज तथा जरिवानामा शत प्रतिशत छुट दिने भएको छ ।

त्यस्तै ३ वर्षदेखि ५ वर्ष अवधिको व्यतित बीमालेखमा लाग्ने व्याज र जरिवानामा ५० प्रतिशत, ५ वर्षदेखि ७ वर्ष अवधिका व्यतित बीमालेखमा ३५ प्रतिशत र ७ वर्ष भन्दा माथि जति जुकै अवधिमा व्यतित बीमालेखमा पनि २५ प्रतिशत छुट दिने भएको हो ।

NIMB

यो सुविधा साविकका प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराइ व्यतित भएका बीमालेखहरुमा यहि असार ६ गतेदेखि २३ गतेसम्ममा नविकरण गर्नेलाई निश्चित शर्तहरुको अधिनमा रहि प्रदान गर्नेछ । जीवन बीमा कम्पनीहरुमा बीमालेख व्यतित हुने अनुपात बढ्दै गए पछि यस्ता छुटको सुविधा दिन बीमा प्राधिकरणले नै सुझाउदै आइरहेको छ ।

बीमालेख व्यतित हुँदा बीमितको कुनै पनि जोखिम बहन नहुने भएकाले समयमै बीमा शुल्क बुझाएर यस्ता व्याज र जरिवानाबाट मुक्त हुन सकिन्छ । त्यसमा पनि यस्तो छुटको सुविधा बीमा अवधिभरमा केवल एक पटक मात्रै प्राप्त गर्न सकिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया