Nepal Life

नेपाल लाइफले व्यतित बीमा लेखमा दिएको छुटको सुविधा लिने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 11:07
नेपाल लाइफले व्यतित बीमा लेखमा दिएको छुटको सुविधा लिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका व्यतित बीमालेखमा दिएको छुटको सुविधा लिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गएको जेठ १ गतेदेखि आज असार ६ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सूचारु गरेमा बीमालेख नविकरण शुल्कमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो । 

NIMB

कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा ३० प्रतिशत, ३ वर्षभन्दा माथी ५ वर्षसम्म व्यतित बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथी व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छुट दिएको छ । 

यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीको भनाई छ । एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट नदिने जानकारी समेत कम्पनीले दिएको छ । 

बीमालेख व्यतित भए पछि बीमा पोलिसीले जखिम बहन नगर्ने भएकाले समयमै बीमालेख नविकरण गर्ने बीमितहरुलाई आह्वान गरेको छ । समयमा बीमा शुल्क भुक्तानी नगरेमा बीमालेख स्वत व्यतित हुन्छ । व्यतित पश्चात नविकरण गर्दा व्यतित भएको समय अवधिको हर्जना तथा व्याज भुक्तानी गर्नु पर्छ । त्यसैले यस्ता हर्जना र व्याजबाट बच्नका लागि समयमै नविकरण बीमा शुल्क भुक्तानी गर्नु पर्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया