Nepal Life

मर्जरमा गएका जीवन बीमा कम्पनीलाई एक्चुरी र लेखापरीक्षणमै समस्या, एक वर्ष वितिसक्दा पनि साधारणसभा अन्योल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Thu 11:48
मर्जरमा गएका जीवन बीमा कम्पनीलाई एक्चुरी र लेखापरीक्षणमै समस्या, एक वर्ष वितिसक्दा पनि साधारणसभा अन्योल
Shikhar detail

काठमाडौं । मर्जरमा गएका जीवन बीमा कम्पनीहरुलाई एक्चुरियल मूल्याङ्कनदेखि लिएर लेखापरीक्षणमा ठुलो समस्या आइपरेको छ । मर्जर अगाडी र मर्जर पछि छुट्टा छुट्टै एक्चुरियल मूल्याङ्कन गर्नु पर्ने भएकाले उनिहरुले अहिलेसम्म पनि सम्पन्न गर्न सकेका छैनन् ।

NIMB

नेपाल बीमा प्राधिकरणका अनुसार अहिलेसम्म पनि मर्जरमा गएका प्रभु महालक्ष्मी, सानिमा रिलायन्स, हिमालयन लाइफले एक्चुरियल मूल्याङ्कन गरेर बीमितको लागि नयाँ बोसदर सार्वजनिक गर्न सकेका छैनन् । यस बाहेक मर्जरमा नगएको नेशनल लाइफले पनि अझै एक्चुरियल मूल्याङ्कनलाई टुङ्ग्याएर बीमितका लागि बोनसदर सार्वजनिक गर्न सकेको छैन ।

मर्जरमा गएका प्रभु महालक्ष्मीले साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफको छुट्टा छुट्टै एक्चुरियल मूल्याङ्कन गर्नु पर्नेछ । मर्जर पछि व्यवस्थापन परिवर्तन हुँदा एक्चुरी पनि परिवर्तन भएका छन् । जसले गर्दा एक अर्काका कमि कमजोरी बाहिरिन्छन् । जसलाई व्यवस्थापन गर्नकै लागि पनि यतिका समय लागेको हो ।

त्यस्तै सानिमा रिलायन्सको हकमा मर्जर अगाडीका साविकका सानिमा लाइफ र रिलायन्स लाइफको छुट्टा छुट्टै र मर्जर पछि सानिमा रिलायन्सको एकिकृत वित्तीय विवरण बनाउनु पर्ने बाध्यता छ । यहि समस्या हिमालयन लाइफका साविकका प्राइम, गुराँस र युनियनमा छ । यि सबै कुराहरु सल्टाउन समय लाग्ने भए पछि आर्थिक वर्ष समाप्त भएको एक वर्ष वितिसक्दा पनि लेखापरीक्षण तथा साधारणसभाको टुङ्गो छैन । मर्जरमा गएका मध्ये सूर्यज्योति लाइफले भने सबै कुराहरु सम्पन्न गरिसकेको छ ।

मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरुको पनि सबै कुराहरु सल्टिएर अव सामान्य अवस्थामा आइसकेका छन् । गत वर्षको लेखापरीक्षण समाप्त भए पछि जीवन बीमा कम्पनीहरुमा पनि मर्जर अगाडीका सबै फण्डा र समस्या समाधान हुनेछन् र मर्जर पछिको वास्तविक अवस्था चित्रण हुनेछ ।

नेपाल बीमा प्राधिकरणले पनि मर्जरमा गएका कम्पनीहरुले यस आर्थिक वर्षको असार मसान्तसम्म छुट दिएको छ । तर असारमा पनि टुङ्गिने छाटकाट नभएकाले साहेद यस विषयमा प्राधिकरणले पनि अर्को निर्णय गर्नु पर्नेछ । प्राधिकरणले मर्जरलाई सहजिकरण गर्दै आएकाले अझै केहि समय थप हुन सक्ने प्राधिकरणका एक अधिकारीले जानकारी दिए । यस विषयमा प्राधिकरणले निर्णय गरेर मात्रै भन्ने जनाएको छ । प्राधिकरण असार अन्तिमसम्ममा केहि कस्तो प्रगति हुन्छ सोहि अनुसार भावी योजना बनाउने तयारीमा छ ।

 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया